
मंसिर ८, धादिङ ।
आज धादिङको दुइ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । भने २९ जना घाईते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छि गाउँपालिका वडा नम्बर ६ बैरेनी बजारमा बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो भने १७ जना घाईते भएका छन् ।
गल्छि गाउँपालिका ७ मछेडीखोलाबाट बारातर्फ जादै गरेको बा २ ख ६२६८ नम्बरको बस अनिन्यत्रित भइ सडकमा पल्टि दुर्घटना भएको हो । दुर्घटनामा परि नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ७ नन्दुटार का १३ बर्षिय डोल्मा तामाङको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राज कुमार बैदवारले जानकारी दिनुभयो ।
आज बिहान ४ः३० बजेको समयमा अनियन्त्रित भइ बस दुर्घटना भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा परि घाइते भएका १३ जनाको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । त्यस्तै गल्छिमा रहेको स्थानिय मेडिकलमा उपचार पछि ४ जना घर फर्केका छन् । सवारी चालक काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नम्बर ३ थानकोट का ३९ बर्षिया शुसिल सुबेदी प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भई रहेको बैदवारले जानकारी दिनुभयो ।
यस्तै धादिङवेशीं–सांङ्कोष–तिप्लीङ सडक खण्ड अन्तर्गत निलकण्ठ नगरपालिकाको वडा नम्बर १२ पचघरेमा बोलेरो गाडी दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । झार्लाङबाट धादिङवेशीं आउँदै गरेको ग १ ज ६७९३ नम्बरको गाडी पचघरेमा आइपुग्दा अगाडी दाहिनेपट्टिको टायर फुस्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ ।