
मंसिर २३, धादिङ ।
चितवनको भरतपुर महानगरपालिका १ रामनगरमा गाडीको ठक्करबाट एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् ।
हिजो राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ जाने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते पाठकको भरतपुर अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।