मंसिर २४, धादिङ ।

दक्षिण एसियाली खेलकुद साग अन्र्तगत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । भुटानलाई २ –१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको छ ।

नेपालको जितका लागि अभिषेक रिजाल र सुनिल बलले १/१ गोलको योगदान गर्नुभयो । खेलको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभएको हो । त्यसपछि भुटानका कप्तान चेन्चो ग्यालसेनले ३६ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएपनि फेरि नेपालका तर्फबाट ५३ औँ मिनेटमा सुनिलले अर्को थप्नुभयो ।

यससंगै नेपालले जित हाँसिल गरेको हो । जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ ।

सागमा नेपाललाई ५१ स्वण

नेपालमा भएको दक्षिण एसियाली खेलकुद सागमा ५१ स्वर्ण सहित नेपाल दोस्रो भएको छ । भारत १ सय ६२ स्वर्ण सहित पहिलो भएको छ ।

भारतले ९१ रजत ४४ कास्य सहित २ सय ९७ पदक जितेको छ । नेपालले भने ५५ रजत ९२ कास्य सहित १ सय ९६ पदक जितेको छ । तेस्रो स्थानमा ३९ स्वर्ण सहित श्रीलंका रह्यो । श्रीलंकाले ७९ रजत, १ सय १९ कास्य सहित २ सय ३७ पदक जितेको छ । यसैगरि पाकिस्तान ३० स्वर्ण ३७ रजत, ५४ कास्य सहित १ सय २१ प्दक जित्न सफल भयो ।

बंगलादेशले १९ स्वर्ण ३२ रजत तथा ८२ कास्य सहित १ सय ३३ पदक जित्यो । माल्दिभ्सले एक स्वर्ण र ३ ओटा कास्य मात्रै जित्न सफल भयो भने भुटानले ७ रजत र १३ कास्य गरि २० पदक जितेको छ ।

Facebook Comments