
तस्विर : प्रविण घिमिरे
सदरमुकाम धादिङबेसिमा २८ औँ अपाङ्गता दिवसको अवसर पारि अपाङ्गता भएका व्यक्ति र सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । अपाङ्ग कल्याण संघ धादिङको आयोजनामा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले विधमान अबस्थामा भोग्नु परेका कठिनाई, चुनौती र समाधानका उपायका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तीहरुले वित्तिय संस्थाको संरचना पहुँचयुक्त नभएकोले प्रवेश गर्न नसकेको, ATM वुथहरु अपाङ्गमैत्री नभएको, अपाङ्गता भएको व्यक्तिहरुले क्रण पाउन कठिन परेको, पैसा तिर्न नसक्ने भन्दै क्रण दिन आनाकानी गरेको, वैकले तयार गरेको वडा पत्र अपाङ्गता मैत्री नभएकोले दृष्टिसम्बन्धी अपाङ्गता, सुनाईसम्बन्धी अपाङ्गता, शारिरीक सम्बन्धी अपाङ्गता भएको व्यक्तिले प्रयोग गर्न कठिनाई भएका लगायता सवालहरु राखेका थिए ।

जिल्ला भित्र रहेका ७ ओटा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले अपाङ्गता भएका व्यक्तीहरुले राखेका सवालको जवाफ दिएका थिए । कार्यक्रममा सहभागी राष्ट्रिय वाणिज्य वैंङ्क धादिङ शाखाका प्रमुख अनिल रुद्र उपाध्ययले अपाङ्गता भएका व्यक्तीहरुको समस्या समाधानको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
वैंङ्कीङ कारोवारमा अपाङ्गता भएका व्यक्तीहरुको लागि छिटो, सरल सहज रुपमा सेवा प्रवाह गर्न प्रतिवद्ध रहेको बताउँदै वैंङ्कहरुको छाता संगठन राष्ट्रि वैंङ्कलाई पैरवी गर्न समेत आग्रह गर्नुभएको छ । पहुँच युक्त संरचनाको योजनाको लागि भने राष्ट्रिय अपाङ्ग महासंघ मार्फत वैकहरुको छाता संगठन राष्ट्र वैँक लाई योजना निर्माणको लागि पहल गर्नुपर्ने उहाँको सुझाव थियो । यस्तै उहाँले वैँकहरुले सबै व्यक्तिहरुलाई समान रुपमा हेरेको पाईन्छ, तर क्रण लगानी गर्नको लागि पनि धितो र आम्दानीको श्रोत हेर्ने भएकाले अपाङ्गता भएका व्यक्तिहरुलाई लगानी गर्न केही कठीनाई आएको स्विकार्नुभयो ।

वैंङकहरु सेवामुखी मात्र नभएर नाफा मुखी पनि भएकाले वैंङ्कहरुको भावनालाई पनि बुझिदिन अनुरोध गर्नुभयो । यस्तै अन्य वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले पनि अपाङ्गता भएका व्यक्तीहरुलाई सरल र सहज वातावरणमा सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अपाङ्गता भएका व्यक्ति/ जेष्ठ नागरिक सेवा सुविधा लिन आएमा पहिलो प्राथमिकतामा राखी सेवा दिने , र लाईनमा बस्न नपर्ने, अपाङ्गता भएका व्यत्तिलाई तल्लो तलामा आएर सेवा दिनको लागि घण्टीको व्यबस्था गरेको र सबै वैकहरुमा यस्तै व्यवस्था मिलाउनको लागि पहल गर्नेछौ अब नयाँ संरचना बनाउँदा पहिलो तलामा नै बनाउने, ठुलो अक्षरमा वडा पत्र/सुचना पेटी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
साथै वित्तिय संस्थाका सहभागीहरुले अपाङ्गता सम्बन्धी हामीलाई पुर्ण जानकारी नभएको यस कार्यक्रमले अपाङ्गता र समस्या बुझने मौका पाएकोमा आयोजकलाई धन्यावाद् समेत दिएका छन् । अपाङ्ग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडाको अध्यक्षतामा संञ्चालन भएको अन्र्तरक्रिया कार्यक्रममा निलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।