
दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत विहिबार एक मात्र खेल हुने भएको छ ।
प्रतियोगिता अन्तर्गत विहिबार चितवन राइनोज र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुनेछ । लिगमा दुवै टिम अहिलेसम्म अपराजित छन् । पोखरा रंगशालामा हुने यी दुई टोलीबीचको खेल बिहान साढे ११ बजेबाट हुनेछ । चितवन पारस खड्काको कप्तानीमा रहको छ भने बुटवल सोमपाल कामीको नेतृत्वमा मैदान उत्रने छ ।
पहिलो खेलमा चितवनले साविक विजेता पोखरा पल्टनलाई पराजित गरेको थियो । बुटवलले काठमाडौँ गोल्डेनविरुद्ध सुपर ओभरमा रोमाञ्चक जित निकालेको थियो । दुवै टोलीले तालिकामा समान २ अङ्क जोडेका छन् । रन रेटको आधारमा चितवन शीर्ष स्थानमा रहँदा बुटवल चौथो स्थानमा रहेको छ