पौष ६ ।
प्लाष्टिकको फोहोरलाई सुदुपयोग गर्न सके स्थानीय सरकारले मनग्य आम्दानी गर्न सक्ने नेपाल विज्ञान तथा प्रविधी प्रतिष्ठान नाष्टले जनाएको छ । प्लाष्टिकको फोहोर फाल्ने वा जलाउने भन्दा पनि व्यवस्थित गर्ने हो भने त्यसबाट डिजेल निकाल्नलाई सरकारले जोड दिएको छ । नाष्टका अनुसार प्लाष्टिकबाट निकालिएको डिजेल राम्रो छ भन्ने प्रमाणित भैसकेकाले यसको सदुपयोग स्थानीय सरकारले गर्नुपर्ने नाष्टका प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले बताउनुभयो । त्यसैले पनि प्लाष्टिक नफाल्न र प्लाष्टिकको फोहोरलाई व्यवस्थापन गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । २०११ को तथ्यांक अनुसार नेपालमा एक जना व्यक्तिले ३८ ग्राम प्लाष्टिकको फाहोर निकाल्ने गर्दछ । अहिले भने त्यसको दोब्बर फोहोर उत्पादन भैरहेको नाष्टको अनुमान छ । यसको उपयोग गरेर डिजेल निकाल्ने हो भने यसबाट अहिले प्रयोग भैरहेको डिजेलको पाँच प्रतिशत डिजेल प्लाटिकबाट उत्पादन गर्न सकिनेछ । प्लाष्टिकको फाहोर चलाउँदा निस्कने घुवाँले क्यान्सर पनि हुन सक्ने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ ।

Facebook Comments