
पौष १६, धादिङ ।
गजुरी गाउपालिका वडा नम्वर २ बेलभन्ज्याङ गाउ सुरक्षित पानी पिउने गाउ घोषणा भएको छ । बेलभन्ज्याङ गाउको ३९ घरधुरी सबैले फिल्टरको प्रयोग गरी सुरक्षित पानी पिउन थालेपछी सुरक्षित पानी पिउने गाउ घोषणा गरिएको हो ।
“सरसफाइ र स्वच्छतामा एक कदम अघि सरि, सधै सुरक्षित पानी पिउछौ हामी गावैभरी” भन्ने मुल नाराका साथ आज सामुदायिक घोषणा तथा प्रतिबद्दता समारोह भएको थियो । बेलभन्ज्याङ सामुदायिक सस्थाको आफ्नै स्रोतमा ३९ घरधुरीको लागी पानी शुद्दीकरण गर्नको लागी फिल्टर खरिद गरी बितरण गरेको थियो ।
बेलभन्ज्याङ सामुदायिक सस्थाका अध्यक्ष अमृत बहादुर मगरको अध्यक्षतामा भएको कार्यममा गजुरी गाउपालिका अध्यक्ष राजेन्द्र विक्रम वस्नेतको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गजुरी १ का अध्यक्ष राज कुमार पण्डित, वडा नम्वर २ का वडा अध्यक्ष चुडामणी कडेल, वडा नम्वर ३ का वडा अध्यक्ष रिषीलाल श्रेष्ठ, समाजसेवी भद्रलाल मगर, शान्ती नेपालका परियोजना संयोजक लाल प्रसाद पोखरेल, सन्जय बहादुर चन्द, सद्भाव गरीबी निबारण सहकारी सस्थाका व्यवस्थापक बासु सुबेदी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बेलभन्ज्याङ सामुदायिक सस्थाका दृष्टीविहिन सदस्य कर्ण बहादुर मगरलाई फिल्टर हस्तातरण गर्नुहुदै वस्नेतले सुरक्षित पिउने पानी अभियान सबै टोलवस्तिका सबै घरमा पुर्याउनु पर्ने धारणा राख्नुभयो । सरसफाई गुरु योजना २०७३ अनुसार सन् २०३० सम्ममा नेपाललाइ पुर्ण सरसफाई उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य रहेको छ ।
यसै लक्ष्यलाइ हासिल गर्न जिल्ला समन्वय समिती धादिङको समन्वयमा जिल्लाका १३ वटै स्थानिय तहको सहभागितामा २०२३ सम्ममा जिल्ला भरी सफा गाउ घोषणा गर्ने र २०२५ सम्ममा पुर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने लक्ष्य रहेको छ ।
यसै योजनालाइ सहयोग पुर्याउने उद्देश्यले वातावरण तथा जनस्वास्थ्य सस्थाको सहयोगमा शान्ती नेपालले गजुरी, बेनिघाट रोराङ र सिद्दलेक गाउपालिकाका १५ हजार घरधुरीमा सुरक्षित पिउने पानी र चर्पीको समुचित प्रयोग सम्बन्धी व्यवहार परिवर्तन अभियान सन्चालन गर्दै आइरहेको छ । अभियान शुरु भए यता गजुरी, सिद्दलेक र बेनिघाट रोराङ गाउपालिकाका २ हजार ३ सय ५९ घरधुरीमा सुरक्षित पानी पिउन थालिसकेका छन ।