
पौष २८, धादिङ ।
बीमा योजनालाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गईरहेको छ । यसै क्रममा धादिङको निलकण्ठ नगरपालिका २ चिसापानी निवासी सुनिता गुरुङले सोमबार छोराको छेवर(ब्रतवन्ध) मा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी धादिङ शाखाबाट जारी जीबन बीमा योजना उपहार दिनुभएको हो ।
छोराको भविष्य सुनिश्चित गर्न छेवरको अवसरमा ५ लाख रुपैयाँको बीमा गराइ उपहार स्वरुप दिएको गुरुङले बताउनुभयो । विभिन्न पर्व उत्सव तथा जन्मदिनमा हुने अनावश्यक खर्च कटौतीले भविष्यमा बच्चाको स्वास्थ तथा शिक्षाको ग्यारेन्टी हुने भएकोले कम्पनीमा बीमा गरिएको गुरुङले बताउनुभयो। बीमा अवधी समाप्त भएपछि बीमाङ्क रकम ५ लाख रुपैयाँ र बोनस पाइनेछ ।
“मेरो मुटु बाल बिमा योजना” अन्तर्गत बच्चा जन्मेको एक महिनादेखि नै बाल जीवन बीमा गर्ने गरिएको कम्पनीका बजार व्यवस्थापक शालिग्राम अधिकारीले बताउनुभयो। सो बीमा योजना हस्तान्तरण कार्यक्रममा कम्पनीका धादिङ शाखा प्रमुख खिलनाथ रिजाल बजार व्यवस्थापक दिपा लम्साल,अभिकर्ता सीता गुरुङ र परिवारको उपस्थिति रहेको थियो ।