
माघ ४, धादिङ ।
समुदायमा भैरवी विषयक अन्र्तरक्रिया कार्यक्रम शनिबार धादिङवेशींमा सम्पन्न भएको छ । भैरवी वचत तथा ऋण सहकारी संस्थाको आयोजना र सोही सहकारीको शिक्षा उपसमितिको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो ।

संस्थाका अध्यक्ष ईश्वर कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा टोलसुधार महासमितिका अध्यक्ष नरबहादुर श्रेष्ठ, महासचिव विनोद अधिकारी लगायतको आतिथ्य रहेको थियो ।

सहकारीका शेयर सदस्य तथा टोल सुधार महासमिति, विभिन्न टोलको समितिका सदस्य तथा सहकारीका सदस्यहरुको सहभागीतामा सम्पन्न कार्यक्रममा सहकारीका सचिव शान्तविक्रम वानियाँ र सदस्य सिताराम कोईरालाले सहकारीले समुदाय विकासमा खेल्नुपर्ने भुमिकाको विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले भैरवी सहकारीले नयाँ र उपयोगी कार्यक्रम ल्याएको भन्दै समुदाय रुपान्तरणमा लाग्न सुझाव दिएका थिए । यसैविच सहकारी संस्थाका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले सहभागीहरुको सुझावलाई ग्रहण गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ।