
माघ ७, धादिङ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित मैदी भञ्ज्याङ नजिक आईचर ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा निलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुलेका सेते गुरुङ, प्रेमबहादुर गुरुङ, ध्वजबहादुर गुरुङ, बेलबहादुर गुरुङ, पूर्ण नारायण श्रेष्ठ, विदुर गुरुङ र तिलकबहादुर गुरुङ रहेको छ ।
ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थीत ढोला मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक दुर्घटना भएको हो । चालकको लापारबाहीका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले बताउनुभयो ।
दुर्घटनामा परी ३० जना भन्दा बढी घाईते भएका छन् । गम्भीर घाईते ११ जनालाई सेनाको हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभयो । अन्य घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।