फागुन २१, धादिङ ।
धादिङको सिद्धलेक गाउँपालिकाको वडा नम्बर ७ मा व्यवसायिक तरकारी खेती सम्बन्धी ३ दिने तालिम मंगलबारदेखि सुरु भएको छ ।
सिद्धलेक गाउँपालिका कृषि विकास शाखाको आयोजनामा तालिम सुरु गरिएको गाउँपालिकाका कृषि अधिकृत छविलाल गुरुङले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम अनुसार व्यवसायिक रुपमा तरकारी खेति गरिरहेका किसानहरुको लागि तालिमको आयोजना गरिएको हो ।
तालिममा गाउँपालिकाको प्रत्येक वडाबाट ४ जना र अन्य ईच्छुक किसानहरु गरि ३० जना किसानहरुको सहभागीता रहेको छ । तरकारीको मुल्य श्रृङ्खलालाई न्यूनिकरण गर्ने उद्देश्यले संञ्चालन गरिएको तालिममा सहभागीहरुलाई तालिममा व्यवसायिक तरकारी खेती गर्ने तरिका, रोग नियन्त्रणको उपाय लगायतका विषयमा प्रशिक्षण दिईने छ ।