
फागुन २७, धादिङ ।
धादिङको दुइ छुट्टाछ्ट्टै स्थानमा भएको हत्या घटनाका दुइ प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङले प्रकाउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका १४ लाकुरीडाँडाका ६० वर्षीय लुरेबहादुर नेपाली र सिद्धलेक गाउँपालिकाका ४ का १९ वर्षिय राजेश बास्कोटा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । पक्राउ परेको लुरेबहादुर नेपालीले ४२ वर्षिय आफ्नै श्रीमती कान्छीमाया परियारलाई फलामे ढुङ्ग्रोले टाउको र शरिरका विभिन्न भागमा प्रहार गरि हत्या गरेका थिए ।
त्यस्तै, राजेश बास्कोटाले सामान्य विवादमा सिद्धलेक गाउँपालिका–४ सुविटारकै ६३ वर्षीय गोपाल दमाईलाई टाउको र अनुहारमा ढुङ्गा प्रहार गरी हत्या गरेको डिएसपी खड्काले बताउनुभयो । हत्यापछि फरार रहेका दुवै प्रतिवादीलाई २३ फागुनमा प्रक्राउ गरेको हो । प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।