
नेपालमा कोरोना भाईरस कोभिड-१९ संक्रमितको संख्या ३० पुगेको छ । शनिबार मात्रै १४ जनामा नयाँ संक्रमित पुष्टी भएपछि संक्रमितको संख्या ३० पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रिका प्रेस संयाेजकका अनुसार हालको अध्यावधिक विवरण अनुसार उदयपुर जिल्लाका १२ जना छन् ।
१२ जनै पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ जना छन् । र चितवन जिल्लाको २ पुरुष, २७ र ६३ बर्षिय छन् |