रुकुम पश्चिममा भएको हत्याका सम्वन्धमा विभिन्न ८ बुँदे माग राख्दै सयुक्त दलित सँघर्ष समिती धादिङले प्रमुख जिल्ला आधिकारी मार्फत गृहमन्त्रीलाइ आईतबार ज्ञापन पत्र बुझाएको छ । धादिङबेशी पुच्छार बजार बाट ¥याली सहित गएको जिल्लाका दलित र दलित अधिकारकर्मीहरुको समुहले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाइ ज्ञापन पत्र हस्तान्त्रण गरेको हो ।
“जातिय विभेद र छुवाछुतका कारण घटाइएको हत्याकाण्डले सघिय लोकतान्त्रिक गणतन्त्र नेपालको सविधान, विद्यामान ऐन कानुन , राष्टिय तथा अन्तराष्टिय मानवअधिकार तथा मानविय कानुनको टाडो उल्लघन गरेको छ” विज्ञप्तीमा भनिएको छ ।

धादिङका सम्पुर्ण राजनितीक दल सम्वद्ध राजनितिक दलित सघँ सगँठनहरु, दलित समुदायबाट विकसित नेताहरु, दलित नागरिक समाजका प्रतिनिधीहरु समेतको सहभागितामा जातिय दमनमा आधारित सामुहिक हत्याकाण्डको न्यायिक छानविन सहित पिडीतलाइ न्याय तथा अपराधीलाइ हदैसम्मको कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाइएको सयुक्त दलित सँघर्ष समिती धादिङले जनाएको छ । ज्ञापन पत्र मार्फत दलित आन्दोलनको प्रतिनिधी सम्मीलित अधिकार सम्पन्न सँसदिय छानविन समिती बनाउनुपर्ने, अन्तरजातिय विवाहमार्फत सामाजिक रुपान्तरणमा योगदान गर्न उत्साहित मृत व्याक्तिहरुलाइ सास्कृतिक सहिद घोषण गर्नुपर्ने, मृत परिवारलाइ न्यायपुर्ण क्षतीपुर्ती दिनुपर्ने र उनका परिवालाइ पुर्ण सुरक्षाको प्रत्याभुती दिलाउनु पर्ने लगाएतका माग गरिएको छ ।


त्यसैगरि आईतबार नै सयुक्त जातिय समाजले एक विज्ञप्ती जारी गर्दै पश्चिम रुकुमको घटनामा सलँग्नलाइ हदैसम्मको कारवाहीको माग गर्दै मृतकलाइ सहिद घोषणा गर्न माग गरेको छ । १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट स्थापित २०७२ सालमा २ पटक गरि सविधान सभाबाट जारी भएको सविधानलाइ अपहेलना गर्दै यस्ता घटाइएको भन्दै विज्ञप्तीमार्फत निस्पक्ष छानविनको माग गरिएको छ ।