
धादिङको गजुरी गाउँपालिका वडा नम्वर ३ ग्याङराङको एक घरमा आगलागी हुँदा १० लाख भन्दा बढि क्षती भएको छ । मंगलबार बिर बहादुर दोङको घरमा आगलागी हुँदा घरमा भएको धान, मकै, लत्ता कपडा भाडा कुडा पुर्ण रुपमा क्षती भएको छ । आगलागिका कारण मानबिय क्षेती भने भएको छैन ।
घरको अभिभाबक बारीमा काम गर्न गएको बेलामा बालबालिकाले लाइटर खेलाउदा आगलागी भएको ग्याङराङका धन बहादुर भुजेलले जानकारी दिनुभयो । आगालागीका कारण खरको छानो भएको घर, जस्ताको छानो भएको गोठ, १० मुरी धान, १० मुरी मकै, १४ मुरी कोदो, नगद १५ हजार रुपैया, ५० हजार बराबरको गर गहना लत्ता कपडा र एक वटा भैसी सहित अनुमानित १० लाख भन्दा माथी क्षेती भएको पनि भुजेलले बताउनुभयो ।
घरमा आगलागी भएपछी बिर बहादुर दोङको तिन बालबालिका सहित ५ जनाको परिवार छिमेकीको घरमा आश्रय लिएर बस्नुभएको छ ।