
अबैध जडिबुटीहरु जटामसी र निरमसी तथा अबैध यार्सागुम्बा र गुची च्याउ समेत लिई आएका छन भन्ने बिशेष सुचनाको आधारमा उनिहरुलाई निलकण्ठ १२ स्थित दामगाडेबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रुविभ्याली गाउँपालिका वडा नं १ बस्ने झ्यापरोङ तामाङ, ग्युर्मे नामग्याल तामाङ, ट्रक चालक पेम्बा तामाङ,सहचालक टसी तामाङ रहेका छन् ।

शुक्रबारराती उत्तरी धादिङको रुविभ्यालीबाट धादिङवेसी तर्फ आउदै गरेको बा ५ ख ६१८० नम्बरको स्वराज मिनि ट्रकमा खानतलासी गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा जटामसी ३१० किलो ०७७ ग्राम, निरमसी २ किलो १५०ग्राम, गुची च्याउ १७ ग्राम र यार्सा गुम्बा १ किलो ८ ग्राम सहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय धादिङमा बुझाइएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।