धाादिङको नेत्रावती डबजोङ किसानले पालेको बाखा्रहरुमा पी.पी.आर रोग विरुद्धको खोप लगाउन सुरु गरिएको छ । गउपालिकाभित्रका किसानहरुको घरघरमा पुगेर प्राविधिकहरुले बाख्राहरुमा पीपीआर रोग विरुद्धको खोप लगाउने काम भइरहेको छ ।

असार १२ गतेदेखि सुरु भएको खोप कार्यक्रमअन्तर्गत गाउपालिकाको वडा नम्वर १, २ , ४ र ५ का ५ हजार ७ सय बाख्रामा पीपीआर रोग विरुद्धको खोप लगाइसकेको छ । यो वर्ष गाउपालिकाको १० हजार बाख्रामा खोप लगाउने लक्ष्य रहेको छ ।

सोही लक्ष्यअनुसार सोमबारदेखि बाँकी रहेको वडा नम्वर ३, ४ र ५ का किसानको घरमा पुगी खोप कार्यक्रमलाई निरन्तरता दिने नेत्रावती डबजोङ गाउपालिकाका सुचना अधिकारी कृृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो ।

खोप कार्यक्रममा गाउपालिकाका पशु स्वास्थ्य शाखा प्रमुख अर्जुन खतिवडा, प्राविधिक जानुका अधिकारी, रामप्रसाद घिमिरे र सुनिता श्रेष्ठ लगायतको टोलीले काम गरिरहनुभएको छ ।

Facebook Comments