
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानीमा शुक्रबार सिमान्तकृत समुदायसँग पुननिर्माण तथा कोरोना महामारीका विषयमा छलफल गरेको छ ।
ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालद्वारा संञ्चालित भुकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम अन्र्तरगत छलफल गरेको हो । कार्यक्रममा पुननिर्माणको पछिल्लो अवस्था र कोरोना महामारीका कारण समुदायमा परेका असर लगायतका विषयमा छलफल गरिएको थियो । भुकम्प प्रभावितको घर सर्वेक्षणमा प्राविधिकले त्रुर्टीपूर्ण कार्य गर्दा नागरिकहरु समस्या परेको बताएका थिए ।
पूर्णरुपमा भत्किएको घरहरुको लाभग्राही सूचीमा नपरेको तर आंशिकमात्रामा भत्किएका घरहरुको भने लाभग्राही सूचीमा परेको, ३ पटक सम्म गुनासो भरेपनि नाम ननिस्कएको, पहुँचहुनेहरुले एकै घरका धेरै जनाले भुकम्पको राहत लिएको बताएका थिए । यस्तै कार्यक्रममा विश्वभर फैलिएको कोरोना भाईरसबाट बच्ने उपायहरुका विषयमा जानकारी गराईएको थियो ।
कोरोनाबाट बच्न मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, सेनिटाईजर प्रयोग गर्ने, भिडभाडमा नजाने र सरकारले गरेका निर्णयहरु पूर्णरुपमा पालना गर्ने विषयमा ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालका जिल्ला अधिकृत सानुवावु तिमिल्सीनाले जानकारी गराउनुभएको थियो । वडा नम्बर ९ का वडा सदस्य छनुमाया गुरुङको विशेष उपस्थितिमा भएको छलफलमा कार्यक्रममा आएका गुनासाहरुलाई सम्बन्धीत ठाउँसम्म पु¥याएर समस्याको समाधान खोजिने जिल्ला अधिकृत सानुबावु तिमिल्सनाले प्रतिवद्धता जनाउनुभयो ।