धादिङमा मंगलबार ७ जनामा कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएको छ । कन्ट्रयाक टे«सिङ र स्व इच्छाले आफ्नै खर्चमा स्वाब सङ्कलन गरी पिसिआर परिक्षण गर्दा मंगलबार थप ७ जनामा कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

कोरोना भाईरस सङ्क्रमण पुष्टि हुनेमा त्रिपुरा सुन्दरी गाउपालिका वडा नबर २ का ४ जना महिला, २ जना पुरुष र थाक्रे गाउपालिकाका ३१ बर्षिय पुरुष रहेका छन् । यो सगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ सय ८३ पुगेको छ । कन्ट्रयाक टे«सिङको आधारमा ७६ जनाको स्वाब सङ्कलन गरी पिसिआर परिक्षणको लागि पठाईएको छ । जसमा नेत्रावती डबजोङ गाउपालिकाबाट ३९ र बेनिघाट रोराङ गाउपालिकाबाट ३७ जना रहेका छन् ।

जिल्लाबाट अहिलेसम्म २ हजार ४७ जनाको पिसिआरको लागि स्वाब सङ्कलन गरी पठाईएको छ । अझै १ सय ५ जनाको रिपोर्ट आउन बाकी रहेको छ । धादिङमा  ३१ जना आईसोलेसनमा र  २८ जना क्वारेन्टिनमा रहेका छन् ।

Facebook Comments