
धादिङमा तत्कालको लागि यूरिया मल नआउने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कारण बन्दरगाह बन्द, श्रमीकको समस्या तथा भारतबाट नेपाल सम्म मल ल्याउन ढुवानीको समस्या लगायत विविध कारण यूरिया मल आउन नसकेको कृषि सामाग्री केन्द्र शाखा कार्यलय गजुरीका प्रमुख विनोद शर्माले बताउनुभएको छ ।
धादिङमा मात्र होईन नेपाल भर यूरिया मलको अभाव भईरहेको शर्माले बताउनुभयो । धादिङमा प्रत्येक वर्ष ३ हजार मेट्रिकटन यूरिया मलको आवश्यक पर्ने भएता पनि सिजन अनुसार आवश्यकता अनुसारको मल वितरण गर्न नसकिएको कृषि समाग्री संस्थान शाखा कार्यलय गजुरीका प्रमुख शर्माको भनाई छ ।
नेपाल सरकारले किसानहरुको लागि अनुदानमा दिएको मल कृषि सामाग्री संस्थान गजुरीले अनुदानको मल सहकारी मार्फत वितरण गर्दै आएको छ । कृषि सामाग्री संस्थानमा सूचिकृत भएका कृषिसहकारीले किसानको लागि ढुवानी र सरकारले तोकेको केहि प्रतिशत मात्र नाफा लिएर मल विक्री गर्दै आएको छ । धादिङमा १ सय ४० ओटा कृषि सहकारीले कृषि सामाग्री संस्थान शाखा कार्यलय गजुरीमा सूचिकत छन् । सूचिकृत सहकारी मध्ये ७० ओटा सहकारीहरुले मात्र सक्रिय रुपमा काम गर्दै आईरहेको छ ।
जिल्लामा वार्षिक ३ हजार मेट्रिकटन यूरिया मल, ९ सय मेट्रिकटन डिएपी र ५० मेट्रिकटन पोटास मलको माग हुनेको गरेको छ । तर केहि वर्षदेखि भने लक्ष्यभन्दा बढि मल विक्री हुँदै आएको कृषि सामाग्री संस्थान शाखा कार्यलय गजुरीले जनाएको छ । हिजो मात्रै निलकण्ठ शहकारी संस्थाले ४ सय २० यूरिया मल ल्याएर ३ जना बराबर एक बोरा वितरण गरेको थियो । उचित व्यवस्थापन नगरि लापारवाही ढङ्गले मल वितरण वितरण गरेको भन्दै धेरै किसानहरु हिजो रित्तो हात घर फर्किन बाध्य भएका थिए ।
वर्तमान सरकारले देशलाई कृषिमा आत्मनिर्भर बनाउने भन्दै विभिन्न निति अघि सारेको छ । सरकारले ल्याएको निति तथा कार्यक्रमहरु कागजमा मात्र सिमित हुँदा किसानको समस्या जहाँको त्यही छ । कृषिमा यान्त्रिकरण गर्दै सुखी नेपाली समृद्ध नेपालको लक्ष्य बोकेको सरकारले सिजन अनुसारको मल समेत किसान समक्ष पु¥याउन नसक्दा कृषि पेशा प्रति नागरिकको सहभागीता कम हुँदै गएको छ । कृषि गणनाका अनुसार नेपालमा झण्डै ७० प्रतिशत नागरिक कृषिमा आत्मनिर्भर रहेको छ ।
सरकारले अघि सारेका कृषक लक्षित योजनाहरु वस्तविक किसान समक्ष पुग्न नसक्दा कृषि पेशामा लाग्नेहरु घट्ने क्रममा छन् । अहिले किसानहरु कारोनाको भन्दा पनि मल नपाईने होकी भन्ने डर र त्रासमा छन् । कोरोले मर्नेत मरेर जाला, जिउँदो हुनेहरु के खाएर बाच्ने ? प्रत्येक किसानको मुखबाट उब्जने प्रश्न नै यहि रहेको छ । देशभर मलको अभाव हुँदा किसानले धानमा मल हालन पाएका छैनन् । रोगले भन्दा भोकले मरिन्छकी भन्ने भन्ने पिर किसानहरुलाई छ ।
यो वर्ष मनसुनको साथ र लकडाउनका कारण परिवारका सदस्यहरु घरमा जम्मा हुँदाविगतका वर्षहरुमा भन्दा धेरै क्षेत्रफलमा धान रोपाई भएको थियो । यो वर्ष मनसुनले साथ दिए पनि मल अभाव हुँदा धान उत्पादनमा कमि आउने किसानहरुले अड्कल काटेका छन् ।