
धादिङमा बुधबार थप ४ जना कोरोना भाईरस सङ्क्रमीत थपिएका छन् । कन्ट्याक्ट टे«सिङ र स्वच्छाले आफ्नै खर्चमा पिसिआर परिक्षण गरिएकोमा थप ४ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
सङ्क्रमण पुष्टि हुनेमा बेनिघाट रोराङ गाउपालिका वडा नम्बर २ का १७, २६, ३२ बर्षिय पुरुष र नेत्रावती डबजोङ गााउापलिका वडा नम्बर ३ का २१ बर्षिया महिला रहेका छन् । योसंगै जिल्लामा कोरोना भाइरस सङ्क्रमीतको सङ्ख्या २ सय ८२ पुगेको छ ।
अहिलेसम्म जिल्लामा कोरोना भईरस सङ्क्रमण मुक्त हुनेको सङ्ख्या १ सय ७४ पुगेको पनि जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।