जिल्ला प्रहरी कार्यलय धादिङले धादिङवेशीं बजारका होटल तथा रेष्टुरेन्टबाट अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।

धादिङवेशीं बजारको विच बजार, बसर्पाक क्षेत्र, सिरान बजार, रायटार, माले मगर लगायतका ठाउँहरुमा बरामद गरिएका ५ सय ३० लिटर घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यलय धादिङका ईन्स्पेक्टर एवं प्रवक्ता सरोज राईले जानकारी दिनुभयो । प्रहरीले ७ सय लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरि नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यलय धादिङको नियमित बजार अनुगमन अन्र्तरगत घरेलु मदिरा बरामद गरि बरामद गरिएको मदिरा तथा कच्चा पदार्थ थोपल खोला र नालामा फालेर नष्ट गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments