धादिङमा मंगलबार १० बर्षीया बालिका सहित ४ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वच्छाले आफ्नै खर्चमा पिसिआर परिक्षण गरिएकोमा थप ४ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिका वडा नम्बर ११ का ४१ बर्षिय पुरुष, गंगाजमुना वडा नम्बर ७ का १० बषिकी बालीका, सोहि वडाका ४४ बर्षिय पुरुष र गंगाजमुना गाउपालिका वडा नम्बर १ का २२ बर्षिया महिला रहेका छन् ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या ३ सय २७ पुगेको छ । त्यस्तै कन्ट्याक्ट टे«सिङको आधारमा ७६ जनाको स्वाब सङकलन गरी पिसिआर परिक्षणको लागि मंगलबार काठमाडौ पठाईएको छ ।

अहिलेसम्म ३ हजार ३७ जनाको स्वाब सङ्कलन गरी पिसिआर परिक्षण गरिएको छ । अझै १ सय ३४ जनाको रिपोर्ट आउन बाकी रहेको छ ।


नेपालभर १ हजार ४ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।

देशभरमा रहेका प्रयोगशालामा १० हजार ३ सय ७५ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै मंगलबारसम्म नेपालमा जम्मा कोरोना सङ्क्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । उनीहरुमध्ये ३ सय ७१ जनाको मृत्यु भएको छ ।

४० हजार ६३८ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार ६२ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सय ७६ कोरोना सङ्क्रमित थपिएको र ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

मन्त्रालयका अनुसार काठमाडौँ जिल्लाका मात्र ५ सय ५५ जनामा कोरोना पुष्टि भएको छ । भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा पनि कोरोनादेखिएको छ ।

Facebook Comments