
बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्कलेको भूकम्प गएको छ । बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको हो।
सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभएको छ ।
धादिङ, काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा भुकम्पको धक्का महुश गरिएकोथियो । केहीबेरसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए। भुकम्पको क्षती र थप विवरण आउन बाँकी छ ।