धादिङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) का संयोजक पुण्यविक्रम पौडेलले जनस्वास्थ्यका सुरक्षाका मापदण्ड पालना गर्ने भनेको आफ्नो हितको लागि भएकाले पूर्ण रुपमा पालना गर्न  बताउनुभएको छ ।

आफु संक्रमणबाट जोगिए आफ्नो परिवार, समुदाय सँगै सिंङ्गो जिल्ला सुरक्षीत हुने भएकाले सुरक्षाका मापदण्ड पालना गर्न सबैमा अनुरोध गर्नुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड उलंघन गर्नेहरुलाई प्रहरी प्रशासन लगाई बल पूर्वक कारवाही गर्न संम्भव नभएको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले स्पष्ट पार्नुभयो । तर उद्योग वाणिज्य संघ, चेम्बर्स अफ कर्मस टोल सुधार समिति र प्रहरी प्रशासनले छड्के नियमित रुपमा अनुगमन भईरहेको उहाँले बताउनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि नागरिक समाज, सञ्चार माध्यमले सकरात्मक भुमिका निर्वाह गरिरहेको बताउनुभयो । पछिल्लो समय कोरोना जोखीम बढेको र पहिलेको भन्दा निशेधाज्ञा धेरै खुलिसकेकाले अब शसक्त रुपमा जनचेतना जगाउन आ–आफ्नो भुमिका निवार्ह गर्न आग्रह गर्नुभयो ।

यस्तै जिल्लामा भोली असोज १ गतेदेखि सार्वजनिक यातायात पनि खुल्ला गर्ने बुधबार बसेको सिसिएमसिको वैठकले निर्णय गरेको छ । आधा यात्रु राखेर सार्वजनिक यातायात संञ्चालन गर्न पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) का संयोजक पौडेलले बताउनुभयो ।

वैठकले शैक्षिक संस्था, जिमखाना, व्यूटिपार्लर, शैलुन खोल्न नपाउने निर्णय गरेको छ । तर होटलहरुलाई भने वेलुकी ८ बजेदेखी विहान ५ बजे सम्म खोल्न नपाउने गरि खुल्ला गर्ने निर्णय गरेको छ । यस्तै जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि अन्य व्यवसायहरु भने निर्वाध रुपमा खुल्ला गर्ने निर्णय छ ।

Facebook Comments