तस्विर : राजाराम शर्मा (स्टेशन म्यानेजर रेडियो धादिङ १०६ मेगाहर्ज)

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्थानीय तहसंगको सहकार्यमा गुनासो तथा सुझाव संकलन पेटीका राखिएको छ ।

बागमती प्रदेश प्रहरी अन्तर्गतका १० वटा जिल्लाहरुमा रहेकामध्ये एक महानगरपालीका एक उपमहानगरपालीका २५ नगरपालीका र सदरमुकाममा रहेको एक गाउँपालीकामा गरी २८ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखीएको बागमती प्रदेस प्रहरीले जनाएको छ ।

नागरिकबाट प्राप्ते हुने गुनासो तथा सुझावलाई तत्कालै सम्बोधन गरी प्रहरी सेवालाई प्रभावकारी एवम् जवाफदेही बनाउने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले गुनासो तथा सुझाव पेटीका संचालन सम्बन्धी कार्ययोजना २०७७ तयार गरी चरणगतरुपमा प्रदेशभरीका सबै स्थानीय तहको कार्यालयमा सुझाव संकलन पेटीका राख्ने कार्यक्रम पनि तय गरेकोछ ।

यस्तै जिल्ला प्रहरी कार्यालय धादिङले जिल्लाका विभिन्न स्थानमा उजुरी पेटिका राख्न शुरु गरेको छ ।

प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलन गर्न उजुरी पेटिका राख्न शुरु गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताउनु भयो । स्थानीय तहमा उजुरी पेटिका राख्ने क्रममा प्रहरीले नीलकण्ठ नगरपालिकाको कार्यालयमा विहिबार उजुरी पेटिका राखेको हो ।

उजुरी पेटिका राख्नुको महत्व बताउँदै प्रहरी प्रमुख रेग्नीले सेवा प्रवाह गर्दा प्रहरीको आचार, व्यवहार सम्बन्धि कुनै गुनासो वा सुझाव भए उजुरी पेटिकामा राख्न सकिने बताउनु भयो । प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्त हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले उजुरी पेटिका राखेको पनि रेग्मीले बताउनुभयो ।

धादिङको नीलकण्ठ नगरपालिका सहित बागमती प्रदेश अन्तर्गतका २८ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि गुनासो तथा सुझाव संकलन पेटीका राखिएको छ ।

Facebook Comments