
धादिङ अस्पतालमा कार्यरत २ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चित समय सम्मको लागि ओपिडी सेवा बन्द गरेको छ ।
अस्पतालले अर्को सुचना नआए सम्मको लागि ईमर्जेन्सी,फिवर क्लिनिक र प्रसुती सेवा बाहेक ओपिडी लगायतका सेवाहरु बन्द गरिएको अस्पतालका सूचना अधिकारी बिक्रम वि।क।ले जानकारी दिनुभयो ।
संक्रमित स्वास्थ्यकर्मी सँग सम्पर्कमा नरहेका अन्य स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सुरक्षाका सम्पुर्ण उपायहरु अपनाउदै पिपिई सेट लगाएर ईमर्जेन्सी, फिवर क्लिनिक र प्रसुती सेवा भने निरन्तर संचालन गरिने विकले बताउनुभयो ।
अस्पताल प्रशासनले विहिबार एक विज्ञप्ति जारी गर्दै असोज १२ गते अस्पतालमा कार्यरत केहि स्वाथ्यकर्मीहरुको स्वाब संकलन गरी पठाईएकोमा २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि ओपिडी लगायतका सेवाहरु बन्द गरिएको सुचना अधिकारी विकले जानकारी दिनुभयो ।
विज्ञप्ती हेर्नुहोस् :-
