धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ५ बेतिनीमा ट्रक दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । भने अन्य एक जना घाईते भएका छन् ।

मृत्यु हुनेमा ट्रक चालक गंगाजमुना गाउँपालिका वडा नम्बर ३ गुम्दीका २७ वर्षिय वेगबहादुर तामाङ र नेत्रावती गाउँपालिका वडा नम्बर ४ का ६६ वर्षिय दलबहादुर तामाङ छन् ।

यस्तै नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ का गम्भरि घाईते ५८ वर्षिय राम बहादुर तामाङको जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पश्चात हेलिकप्टरबाट काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

मंगलबार लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको स्वराज ट्रक सडकबाट करिव ४ सय मिटर तल खसेर दुर्घटना भएको नेत्रावती डबजोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णबहादुर पौडेलले बताउनुभयो ।

 

Facebook Comments