
अवैध लागू औषध सहित उत्तरी धादिङको खनियावास गाउँपालिका वडा नम्बर २ तर्चीका एक जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ खनियाबाँस गाउँपालिका २ तर्चि घर भएका ३७ वर्षिय रेशम बहादुर तामाङ रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ आदमघाटमा अवैध लागु औषधको कारोबार हुने गरेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध चरेश सहित तामाङलार्ई पक्राउ गरेको हो ।
प्रहरीले तामाङको साथबाट २० केजी ८ सय ग्राम चरेश, १ थान मोबाईल र नगद ८ हजार समेत बरामद गरेको छ । आरोपितलाई जिल्ला अदालत धादिङबाट म्याद थप गरी अनुसन्धान गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।