
धादिङमा बुधबार ६ महिने बालक सहित थप १४ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ६ महिनाका बालक, सोहि वडा नम्बरका २९, ३१, ४६ बर्षका पुरुष, १४, ३५ बर्षका महिला, नीलकण्ठ नगरपालिका वडा नम्बर १ का २६ बर्षका पुरुष, नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का २७ बर्षका महिला रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
ADVERTISEMENT

त्यस्तै बेनिघाट रोराङ गाउपालिका वडा नम्बर २ र ४ का क्रमश ३८, २६ पुरुष, खनियाबास गाउपालिका वडा नम्बर ५ का २२, ४२ बर्षका महिला र सिद्धलेक गाउपालिका वडा नम्बर ७ का ६९ बर्षका पुरुष रहेका छन् । योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या ६ सय ४८ पुगेको छ ।
कन्ट्याक्ट टे«सिङको आधारमा गल्छीका ६५ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको लागि बुधबार काठमाडौ पठाईएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।