धादिङको निलकण्ठ नगरपालिका भित्र बुधबार मात्रै ९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

असोज २५ गते २ सय १५ जनाको पिसिआर परिक्षणको लागि स्वाव संकलन गरि पठाएकोमा ९७ जनामा कोरोना संक्रमण पुष्टी भएको नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिनुभयो ।

यस्तै ७ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि रिजालले बताउनुभयो ।

Facebook Comments