
नापी कार्यलय धादिङले कात्तिक ६ गते सम्म कार्यालबाट हुने सेवा प्रवाहको काम बन्द गरेको छ ।
ADVERTISEMENT

शुक्रबार एक सूचना जारी गरि कार्यालय बन्द गरेको विषयमा जानकारी गराएको हो । असोज २८ गते कार्यालयका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएका कारण कार्यालयका सबै सेवाहरु बन्द गरिएको नापी कार्यालय धादिङले जनाएको छ ।
धादिङमा पनि कोरोना संक्रमणको दर दिनानु दिन बढ्दै गएका कारण नागरिकको सुरुक्षाको लागि कार्यालय बन्द गरिएको जनाएको छ ।