
धादिङमा आईतबार १ जना कोरोना भाईरस सङ्क्रमतिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ९३ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो । मृतक पुरुषमा गत असोज २९ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
योसगैँ जिल्लामा १० जना कोरोना भाईरस सङ्क्रमीतको मृत्य भएको छ । त्यस्तै हिजो पनि त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर २ का ४५ बर्षका कोरोना भाइरस सङ्क्रमीत पुरुषको मृत्यु भएको थियो ।
धादिङमा आईतबार २ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि
धादिङमा आईतबार २ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा धुनीबेशि नगरपालिका वडा नम्बर ६ का ३४ बर्षका पुरुष र बेनिघाट रोराङ गाउपालिकाका वडा नम्बर ७ का ३४ बर्षका पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या ८ सय ३८ पुगेको छ ।
त्यस्तै सङ्कास्पद र कन्ट्याक्ट टे«सिङको आधारमा गजुरी गाउपालिकाका २८ जना र नेत्रावती डबजोङ गाउपालिकाका २५ जना गरी जम्मा ५३ जनाको पिसिआर परीक्षणको लागि आज काठमाडौ पठाईएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।