
धादिङमा सोमबार ४१ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिकाका १३ जना, रुविभ्याली गाउपालिकाका ७ जना, खनियाबास गाउपालिकाका ६ जना, थाक्रे गाउपालिकाका ४ जना, गल्छी गाउपालिकाका ३ जना, सिद्धलेक गाउपालिका र ज्वालामुखी गाउपालिकाका २/२ जना, बेनीघाट रोराङ गाउपालिका, त्रिपुरासुन्दरी गाउपालिका, गंगाजमुना र नेत्रावती डबजोङ गाउपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
जसमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ९ जना, नीलकण्ठ नगरपालिका वडा नम्बर १४, २, ७ र ११ का १/१ जना, रुवीभ्याली गाउपालिका वडा नम्बर २ का ६ जना, रुवीभ्याली गाउपालिका वडा नम्बर १ का १ जना, खनियाबास गाउपालिका वडा नम्बर ४ र ५ का ३/३ जना, थाक्रे गाउपालिका वडा नम्बर ६ र ११ का २/२ जना रहेका छन् ।
त्यस्तै गजुरी गाउपालिका वडा नम्बर २ का २ जना, गजुरी गाउपालिका वडा नम्बर १ का १ जना, सिद्धलेक गाउपालिका वडा नम्बर १ र ७ का १÷१ जना, ज्वालामुखी गाउपालिका वडा नम्बर ३ र ७ का १÷१ जना, बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ३ का १ जना, त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ४ का १ जना, गंगाजमुना गाउपालिका वडा नम्बर २ का १ जना र नेत्रावती डबजोङ गाउपालिका वडा नम्बर ५ का १ जना रहेका छन् ।
योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या ८ सय ७९ पुगेको छ । त्यस्तै कन्ट्याक्ट टे«सिङको आधारमा गल्छी गाउपालिकाका ९६ जना र थाक्रे गाउपालिकाका २१ जना गरी जम्मा १ सय १७ जनाको पिसिआर परीक्षणको लागि सोमबार काठमाडौ पठाईएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।