
धादिङमा मंगलबार २० जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिकाका ८ जना, बेनिघाट रोराङ गाउपालिकाका ६ जना, नेत्रावती डबजोङ गाउपालिकाका ३ जना, गल्छी गाउपालिकाका २ जना र ज्वालामुखी गाउपालिकाका १ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
जसमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ६ जना, नीलकण्ठ नगरपालिका वडा नम्बर ९ र १० का १/१ जना, बेनिघाट रोराङ गाउपालिका वडा नम्बर २ का ४ जना, बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ५ का २ जना, नेत्रावती डबजोङ गाउपालिका वडा नम्बर १, ३ र ४ का १/१ जना, गल्छी गाउपालिका वडा नम्बर १ का २ जना र ज्वालामुखी गाउपालिका वडा नम्बर २ का १ जना रहेका छन् ।
योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या ८ सय ९९ पुगेको छ । त्यस्तै कन्ट्याक्ट टे«सिङको आधारमा खनियाबास गाउपालिकाका ५१ जनाको पिसिआर परीक्षणको लागि मंगलबार काठमाडौ पठाईएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।