
धादिङमा सोमबार १ जना कोरोना भाईरस सङ्क्रमतिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वड नम्बर ३ का ६१ बर्षीय महिला रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो । मृतक महिलामा कार्तिक ६ गते कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको थियो ।
स्वासप्रस्वासमा समस्या भएसगै उपचारको लागि काठमाडौमा लगिएको र आइसोलेसनमा मृत्यु भएको हो । योसगैँ जिल्लामा १३ जना कोरोना भाइरस सङ्क्रमीतको ज्यान गएको छ ।
थप १८ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि
धादिङमा सोमबार थप १८ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिकाका ११ जना, बेनिघाट रोराङ गाउपालिकाका ४ जना, धुनीबेशि नगरपालिका, सिद्धलेक गाउपालिका र ज्वालामुखी गाउपालिकाका १/१ जना धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
जसमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ५४, ४६, ३९, २८, ३९ बर्षीय पुरुष, ५४, ४०, ३० बर्षीया महिला, नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का ५४ बर्षीया महिला, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ३४ बर्षीय पुरुष, नीलकण्ठ नगरपालिका वडा नम्बर १० का २७ बर्षीया महिला, बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ५ का ४१ बर्षीया महिला र ४१ बर्षीय पुरुष, बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ३ का २३ बर्षीय पुरुष, बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ९ का २६ बर्षीय पुरुष, धुनीबेशि नगरपालिका वडा नम्बर २ का ३६ बर्षीय पुरुष, सिद्धलेक गाउपालिका वडा नम्बर १ का ४६ बर्षीय पुरुष र ज्वालामुखी गाउपालिका वडा नम्बर ३ का ७० बर्षीया महिला रहेका छन् ।
योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार १ सय ४८ पुगेको छ ।