निलकण्ठ नगरपालिकाको वडा नम्वर ११ ज्यामरुङमा श्रीमान्ले आफ्नै श्रीमतीमाथि तातो तेल खन्याएपछि श्रीमती गम्भीर घाइते भएकी छिन् । श्रीमान्ले मादकपदार्थ सेवन गरि घरमा श्रीमतीलाई कुटपिट गर्दै तेल खन्याएको धादिङ प्रहरीले जानकारी दिएको छ ।
तातो तेलले २० वर्षिया श्रीमतीको टाउको, अनुहार, गर्दन, हात खुट्टा लगायत शरीरका अंग पोलेकोले अवस्था गम्भीर रहेको परिवारले बताएका छन् । घाइते महिलाको धादिङ अस्पतालमा सामान्य उपचारपछि अहिले किर्तिपुर अस्पतालमा लगि थप उपचार भइरहेको छ भने पीडक श्रीमान् प्रहरी हिरासतमा रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते महिलाको १ वर्षको बच्चा समेत रहेको छ । यसरी पछिल्लो समय महिलामाथि हुने यस्ता किसिमका हिंसा विरुद्धमा महिला अधिकारकर्मीहरुले आवाज उठाउदै चाडो भन्दा चाडो पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न माग गरेका छन् ।
पीडकलाई कारबाही गर्ने सवालमा राजनीतिक दबाबबिना कारबाही गर्न माग गरेका छन् । आर्थिक अवस्था समेत कमजोर पीडीत महिलाको परिवारलाई तेलले पोलेको पीडासँगै अहिले उपचारमा समेत समस्या भएको परिवारले बताएका छन् ।