
धादिङमा यस वर्षको दशै तिहारको अवधीमा जुवाखालबाट ४३ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । जुवाखालबाट ४ लाख ३१ हजार ७ सय १० रुपैया पनि बरामद गरेको छ ।
जसमा धुनिबेशी नगरपालिका वडा नम्बर ८ खानिखोलामा १ लाख ७९ हजार ६ सय ७५ रुपैयाँ नगद सहित २१ जना मंगलबार पक्राउ परेका छन् । स्थानिय कृष्ण बानियाँको घरमा कौडा खेलिरहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय खानीखोलाको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।
त्यस्तै गत कात्र्तिक १३ गते धुनिवेशी नगरपालिका वडा नम्बर ९ बाट नगद ५२ हजार ५ सय ५ सहित ६ जना पक्राउ परेका छन् । गत कात्र्तिक १४ गते धुनिवेशी नगरपालिका वडा नम्बर ७ नौबिसेवाट नगद रु. ९७ हजार ६ सय ६५ सहित ८ जना प्रकाउ परेका छन्, भने कात्र्तिक २७ गते गजुरी गाँउपालिका वडा नम्बर १ गजुरीबाट नगद रु.१ लाख १ हजार ८ सय ६५ रुपैयासहित ८ जना पक्राउ परेका छन् ।
पक्राउ गरेकालाइ मुलुकी फौजदारी संहिता २०७४ बमोजिम कारवाही भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।