
धादिङमा शुक्रबार थप ७ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा सिद्धलेक गाउपालिकाका २ जना, नीलकण्ठ नगरपालिका, धुनीबेसि नगरपालिका, गजुरी गाउपालिका, थाक्रे गाउपालिका र रुविभ्याली गाउपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
जसमा सिद्धलेक गाउपालिका वडा नम्बर १ का ३५ बर्षीय पुरुष, सिद्धलेक गाउपालिका वडा नम्बर ५ का १९ बर्षीया महिला, नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३४ बर्षीय पुरुष, धुनीबेशी नगरपालिका वडा नम्बर ८ का १५ बर्षीय पुरुष, गजुरी गाउपालिका वडा नम्बर ७ का २२ बर्षीय पुरुष, थाक्रे गाउपालिका वडा नम्बर १ का ३० बर्षीया महिला र रुवीभ्याली गाउपालिका वडा नम्बर ३ का ३२ बर्षीय पुरुष रहेका छन् ।
योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीको सङ्ख्या १ हजार ३ सय १७ पुगेको छ । त्यस्तै, कन्ट्याक्ट ट्रेसिङ र लक्षण देखिएको आधारमा शुक्रबार खनियाबास गाउपालिकाका ५९ जना, धादिङ अस्पतालकाट ३७ जना र गंगाजमुना गाउपालिकाका २४ जना गरी जम्मा १ सय २० जनाको स्वाब सङ्कलन गरी पिसिआर परिक्षणको लागि पठाइएको जनस्वास्थ्य अधिकृत थापाले जानकारी दिनुभयो ।