
धादिङमा शनिबार थप ४ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा खनियाबास गाउपालिकाका ३ जना र नीलकण्ठ नगरपालिकाका १ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
जसमा खनियाबास गाउपालिका वडा नम्बर ३ का ६८, ३७ बर्षीया महिला, ३० बर्षीय पुरुष र नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का २८ बर्षीय पुरुष रहेका छन् । योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ३ सय ८७ पुगेको छ ।
त्यस्तै धादिङ अस्पतालबाट ३६ जनाको स्वाब सङ्कलन गरी पिसिआर परिक्षणका लागि पठाईएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।