विद्युत सर्ट भई आगलागी भएर घर नष्ट भएका निलकन्ठ-१० ज्यामरुङनिवासी सुब्बा वाँणाको परिवारलाइ शनिबार नगद सहयोग गरिएको छ ।

इसाई स्वयमसेवक सञ्जालधादिङ र शान्ति नेपालले सुब्बा वाँणलाइ ३० हजार सहयोग गरेको छ । वाँणाको घरमा आगलागीको घटना बाहिरिए सगैँ समुहका सदस्यहरु विच रकम सकँलनगरि सहयोग गरिएको सञ्जालका अध्यक्ष शेर बहादुर तामाङ(शिलास)ले जानकारी दिनुभयो ।

यस्ता खालकाविपत्तिजो कसैलाइपनि पर्न सक्ने हुँदा सजग रहनु पर्ने र आपदविपदमा सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । घरमा रहेको सम्पूर्ण सामग्रीजलेर नष्ट भएसगैँ परिवारमाखाद्यन्न र लत्ताकपडा लगाएतका सामग्री यस अघी पनि सहयोग गरिएको थियो ।  घर जलेर नष्ट भएपछि स्थानियले नयाँ घर बनाउन सहयोग समेत गरिरहेका छन् ।

Facebook Comments