जिल्लामा आत्महत्या, घरेलु हिंसा र जवरजस्ती करणीका घटना बढेको भन्दै  यसलाइ रोक्न अभियान नै सञ्चालन गरेर दुरदराजमा पुग्ने धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यलय धादिङले गर्दै आएको काम कारवाही तथा भावी योजनाका विषयमा जानकारी दिने उद्देश्यले आयोजीत पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । अघिल्ला आर्थिक वर्षको तुलनामा धादिङ जिल्लामा घरेलु हिंसा, आत्महत्या लगाएत जवरजस्ती करणीका घटना बढेको भन्दै यसलाई रोक्न विशेष अभियान नै सञ्चालन गर्ने तयारी भैरहेको उहाँले बताउनुभयो ।

जिल्लाको समग्र सुरक्षा अवस्था र जिल्ला प्रहरी कार्यलय धादिङले गरेका कामको बारेमा जानकारी दिन आयोजित छलफलमा यस्तो जानकारी दिनुभएको हो । जिल्लाको सुरक्षा अवस्थालाई थप मजवुत बनाउन प्रहरी प्रशासन थप जिम्मेवार बनिरहेको प्रहरी प्रमुख बस्नेतले बताउनुभयो । जसकालागी विग्रिएका सिसि क्यामेराको मर्मत, प्रहरी भित्रै पनि शुद्धिकरण, चेकजाँचलाई थप कडा, दुरदराजका प्रहरी चौकीलाई थप सुदृढ बनाउने काम भैरहेको जानकारी दिनुभयो ।

यो आर्थिक वर्षको मसिंर सम्मको तथ्याङ्क अनुसार बहुविवाह, जुवा, कुटपिट अंगभगं लगाएतका घटना पनि वृद्धि भएको छ । यस आर्थिक वर्षको मंसिर सम्ममा जम्मा २४१ ओटा विभिन्न घटनामा मुद्धा दर्ता भएको पनिकार्यक्रममा जानकारी गराइएको छ । कार्यक्रममार्फत धादिङमा आर्थिक वर्ष २०७७/०७८ मा झुण्डीएर आत्माहत्या गर्नेको संख्या बढेको जानकारी गराइएको थियो  ।

२०७७/०७८ मा झुण्डीएर आत्माहत्या गर्नेको संख्या ६४ पुगेको छ भने जबरजस्ती करणीको संख्या १९ पुगेका छ । त्यस्तै गरी भवितव्य ज्यान २१, विष सेवनगर्ने १३, अभद्र व्यवहार गर्नेकोसंख्या२२ रहेको खड्काले बताउनु भयो । जिल्लाप्रहरी कार्यालय धादिङले आर्थिक वर्ष २०७७/०७८ मागर्दै आएको कामहरुको जानकारी गाराउदै १ करोड २५ लाख ८५ हजार राजस्व संकलन गरेको पनिबताउनु भयो । कार्यक्रममापत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुली, सचिव राजाराम शर्मा लगाएत धादिङका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments