पछिल्लो २४ घण्टामा नेपालमा १ सय २८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार थपिएका १ सय २८ सङ्क्रमित सँगै नेपालमा सङ्क्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा २ हजार७ सय २७ पीसीआर परीक्षण भएका छन् । यस्तै, २४ घण्टामा १ सय ६१ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार १ सय २३ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । नेपालमा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ । त्यस्तै १ हजार ६ सय १३ जना आइसोलेसनमा र ५९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ८१ हजार ८ सय ३२ पीसीआर परीक्षण भएका छन् ।

Facebook Comments