धादिङ अस्पतालमा कार्यरत तीन जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
वैशाख १५ गते स्वाब संकलन गरी RT-PCR परीक्षण गर्दा कोेरोना संक्रमण पुष्टि भएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम वि.कले जानकारी दिनुभयो । ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गर्दै अस्पतालले सबै किसिमका सेवाहरु प्रवाह गरिरहेको सूचना अधिकारी विकले बताउनुभउयो ।

स्वास्थ्य उपचार तत्काल गर्नुपर्ने अति आवश्यक अवस्थामा रहेका सेवाग्राहीहरु मात्र अस्पताल आएर सहयोग गरिदिनुहुन पनि अस्पताल प्रशासनले अनुरोध गरेको छ ।

Facebook Comments