धादिङमा संक्रमणका कारण गजुरी गाउँपालिकाको १ जनाको मृत्यु भएको छ । यस संगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
यस्तै धादिङमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
मंगलबार थपिएका कोरोना संक्रमितहरुमा निलकण्ठ नगरपालिकाका ६५, धुनिबेसि नगरपालिकाका २ र बेनिघाट रोराङका १ गरि ६८ जना छन् । जिल्ला बाहिर संक्रमितको संख्या ९ रहेको छ ।
जिल्ला भित्र अहिले सम्म जम्मा संक्रिय संक्रमितको संख्या २८४ र जिल्ला बाहिर ११९ गरी संक्रिय संक्रमीतको संख्या ४०३ पुगेको छ ।
धादिङ अस्पतालका २७ कर्मचारीमा कोरोना पुष्टी
धादिङबेसी सदरमुकामका रहेको धादिङ अस्पतालका २७ जना कर्मचारीहरुमा कोरोना पुष्टी भएको छ । कोरोना भाईरस पुष्टि भएका १४ जनाको कन्ट्रयाक्ट ट्रेसिङको आधारमा सोमबार जिल्ला अस्पतालमा रहेका अन्य स्वास्थ्यकर्मी र लक्ष्यण देखिएका विरामीहरु गरि १०१ जनाको स्वाब परिक्षण गरिएको थियो ।
जसमा अस्पतालका सूचना अधिकारी विक्रम विक सहित १३ जना स्वास्थ्यकर्मीहरुको रिपोर्ट पोजेटिभ आएको छ । यो सँगै जिल्ला अस्पतालमा मात्रै कोरोना पोजेटिभ देखिने स्वास्थ्यकर्मीको संख्या २७ पुगेको हो ।