धादिङ जिल्लाभित्र विहिबार १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सबै जना गल्छी गाउपालिकाको रहेका छन् । योसँगै जिल्लाभित्र संक्रमितको संख्या ३ सय ५८ पुगेको छ भने जिल्लाबाहिर १ सय ५३ जना संक्रमित रहेका छन् ।

यस्तै जिल्ला भित्र होम आइसोलेसनमा ३२५ र हस्पिटल आइसोलेसनमा ३३ रहेका छन भने जिल्ला बाहिर होम आइसोलेसनमा १४६ र हस्पिटल आइसोलेसनमा ७ जना रहेका छन । योसँगै धादिङमा संकृय संक्रमितको संख्या ५११ पुगेको छ ।

विहिबार धादिङमा गल्छीबाट ९ जना, गजुरीबाट ८ र रुवीभ्याली गाउपालिकाबाट ५ जना गरि २२ जनामा संक्रमणको शंका लागेर स्वाब संकलन गरि काठमाण्डौं पठाइएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

Facebook Comments