धादिङमा शनिबार थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार जिल्ला भित्र ४४ जना र जिल्ला बाहिर ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै जिल्लामा सकृय संक्रमितको ६८९ पुगेको छ । जसमा जिल्लाभित्र सक्रिय केश ४८० र जिल्ला बाहिरको सक्रिय केश २०९ रहेका छन् । यस्तै आज एकैदिन १० जना कोरोना संक्रमण मुक्त भएका छन् । यस्तै देशभर पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५ सय ६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८ सय ५० पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ८० जनाको मृत्यु भएको विवरण आएको मन्त्रालयले जनाएको छ । आज देशभर गरी ८८ हजार १६० जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

Facebook Comments