
निषेधाज्ञा उलंघन गर्नेहरुमाथी जिल्ला प्रहरी कार्यालय धादिङले कडाई गर्न थालेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले वैशाख २१ गतेदेखी जारी गरेको निषेधाज्ञा उलंघन गर्ने सवारी तथा व्यक्तीहरु माथी कडाई गर्न थालेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
सुरुका दिनमा सम्झाई बुझाई गरेर छाड्ने गरेको भएपनि हिजोदेखी भने निषेधाज्ञा उलंघन गर्ने सवारी साधन र व्यक्तीलाई दिनभर होल्ड गरेर बेलुका मात्रै छाड्ने गरेको प्रहरी नायव उपरिक्षक भण्डारीले बताउनुभयो ।
आईतबार र सोमबार मात्रै जिल्ला प्रहरी कार्यालय धादिङले निषेधाज्ञा उलंघटन गर्ने ६४ ओटा मोटरसाईकल र २ ओटा गाडीलाई धादिङवेशींबजारबाट नियन्त्रणमा लिई छाडेको छ । घरबाहिर मास्क नलगाई हिड्ने, समुहमा बसेर गफ गर्नेहरुलाई सम्झाई बुझाई गरेर छाड्ने गरेको र पुन गल्त िदोहोरिएको थाहा पाए कानून बमोजीम कारवाही गरिने प्रहरी नायव उपरिक्षक भण्डारीले बताउनुभयो ।
कोरोनाको महामारी दिनप्रति दिन बढिरहेकाले सम्पूर्ण नागरिकले निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्न उहाँले अनुरोध गर्नुभयो । प्रशासन, सुरक्षा निकायले कडाई गर्नुभन्दा पनि व्यक्ती स्वयम सचेत हुनुपर्ने उहाँको भनाई थियो ।