
अत्यावश्यक सेवामा संलग्न हुने कर्मचारीले अब पोषाक र परिचय लगाएर मात्र आवातजावत गर्न पाईने भएको छ ।
आइतवारदेखि विहिवारसम्म विहान ९ देखि १० बजेसम्म र साँझ ५ देखि ६ बजेसम्म, शुक्रवार विहान ९ देखि १० बजेसम्म र दिउँसो ३ देखि ४ बजेसम्म पोशाक र परिचयपत्रका आधारमा मात्र आवतजावत गर्न पाईने भएको हो ।
शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । जिल्ला भित्रका बैंक तथा वित्तिय संस्थाहरु आलोपालो प्रणाली अनुसार न्युनतम कर्मचारी खटिइ, स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी गराई हप्ताको बढिमा २ दिन मात्र खोल्ने निर्णय भएको छ ।
धादिङमा जेठ २२ गते राती १२ बजे सम्म निषेधाज्ञा थप भएको छ ।