गत ४ गतेदेखी सडक खन्ने क्रममा पहिरोमा परि वेपत्ता भएका उत्तरी धादिङका रुविभ्याली गाउँपालिका वडा नम्बर ५ का जोजो तामाङको खोजी गर्न २ ओटा तालिम प्राप्त कुकुर खटाएको छ ।

२० वर्षिय बेपत्ता तामाङको खोजीको लागि आज गृह मन्त्रालयले हेलिकप्टरबाट २ ओटा तालिम प्राप्त कुकुर सहितको १३ जना सुरक्षाकर्मीको उद्दार टोली खटाएको जिल्ला प्रशाासन कार्यलय धादिङले जनाएको छ ।

धादिङबेसी–सांकोष–तिप्लिङ सडकखण्ड अन्र्तगत सेर्तुङ र तिप्लिङ गाउँको बीचको भीरमा सडक खन्ने क्रममा ४ गते शुक्रबार २ जना वेपत्ता भएका थिए ।

अर्का स्काभेटर चालक सिन्धुपाल्चोकका २३ वर्षीय राजु पराजुलीको शव भने आईतबार (N9-AKB)  नम्बरको हेलिकप्टर मार्फत धादिङवेशीं ल्याएर  पोष्टमाटम गरेपछि परिवारको जिम्मा लगाएको छ ।

Facebook Comments